काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ३६ हजार ४०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ७५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि सोमबार छापावाल सुन १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १६ सय ७५ रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको भाउ प्रतितोला १६ सय ६० रुपैयाँ कायम रहेको थियो।























