‘पुजार सार्की’: जातीय विभेदविरूद्ध तीन पात्रको साझा लडाईं

काठमाडौं । अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह अभिनीत सामाजिक फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेको ट्रेलरले फिल्मको कथासार बुझाउँछ।

अन्तरजातीय प्रेम, जातीय विभेद्, जातीय विभेदविरूद्ध तीन पात्रले गर्ने साझा लडाईंको कथा ट्रेलरमा प्रस्तुत गरिएको छ।

दिनेश राउतको निर्देशनमा तयार ‘पुजार सार्की’ मा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here