अमेरिका टिकटक ‘वार’, प्रतिबन्ध लगाउने कानुन रोक्न मुद्दा दायर

काठमाडौं । अमेरिकामा भिडियो एपमाथि प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई रोक्न मुद्दा दायर गरेको छ । टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीले बिक्री नगरेसम्म अमेरिकामा प्रतिबन्ध गर्ने भएपछि सो विरुद्द मुद्दा दायर गरेको हो ।

फाइलिङमा सोसल मिडिया कम्पनी टिकटकले यस कार्यलाई कम्पनी र यसका १७ करोड अमेरिकी प्रयोगकर्ताहरूको अभिव्यक्ति स्वतन्त्रता अधिकारमा असाधारण घुसपैठ भनेको छ।

अमेरिकाले उक्त कदमको औचित्य पुष्टि गर्न अनुमानित चिन्ता मात्र अघि सारेको र अदालतलाई यसलाई रोक्न आग्रह गरेको छ । राष्ट्रपति जो बाइडनले गत महिना राष्ट्रिय सुरक्षाको औचित्य देखाउँदै विधेयकमा हस्ताक्षर गरेका थिए ।

वासिङ्टनमा वर्षौंदेखि चलेको बहसपछि टिकटकको चिनियाँ स्वामित्वले अमेरिकी प्रयोगकर्ताको डाटा चिनियाँ सरकारको हातमा पर्न सक्ने वा प्रोपोगान्डाका लागि प्रयोग हुन सक्ने खतरा बढेको दाबी गरिएको छ ।

टिकटकले आफू सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ । त्यस्तै चौतर्फी रुपमा टिकटकको नयाँ मालिकको बन्ला भनेर आंकल गर्नथालिदा मूल कम्पनी बाइटडान्सले भने यो व्यवसाय बेच्ने आफ्नो कुनै योजना नरहेको बताएको छ ।

चीन सरकारले उक्त कानुनलाई अमेरिकी कम्पनीले विदेशी कम्पनीलाई ‘बुलिङ’ गरेको भन्दै आलोचना गरेको छ र बिक्रीको विरोध गर्ने सङ्केत दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here