काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा एक्कासि भल पस्दा यात्रु तथा कर्मचारीलाई सास्ती भएको छ । बुधबार परेको वर्षका कारण विमानस्थलको बोर्डिङ पास लिएर ह्यान्ड ब्याग सेक्युरिटी चेकतर्फ अगाडि बढ्ने क्रममा रहेको गहिरो स्थानमा भल पसेको थियो।
यो दुई भवन (पुरानो र नयाँ) जोडिएको स्थान हो। यहाँको १० फिट भित्रैको स्थानमा पहिले ओरालो, त्यसपछि सम्म र फेरी ओरालो स्थान छ। यही ठाउँमा जमेको पानी निस्किने ठाउँ नभएपछि यात्रु तथा कर्मचारीहरूलाई केही समय समस्या भएको जनाइएको छ ।
काठमाडौंमा वर्षा, एयरपाेर्टमा बाढी #Nepal pic.twitter.com/LpKec1SuPX
— Ajay Das (@ajaydas09) May 8, 2024