रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। बिहीबार बिहान सकिएको खेलमा रियलले जर्मन क्लब बार्यन म्युनिखलाई दोस्रो लेगमा २–१ को अन्तरले पछि पार्दै समग्रमा ४–३ अंकका साथ फाइनलमा स्थान बनाएको हो।

दुई बीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगमा बार्यनले एक गोलको अग्रता लिए पनि अन्तिम समयमा लय गुमाउँदा रियललाई २–१ को नतिजा सुम्पिन पुग्यो। एक गोलले पछि परेको रियलका लागि ८१ औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले २ गोल गर्दै रियललाई च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गराए।

रियलले अब फाइनलमा उपाधिका लागि जर्मन टोली बोरुसिया डर्टमण्डसँग खेल्नेछ । डर्टमण्डले सेमिफाइनलमा फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई समग्रमा २–० ले हराएर फाइनल प्रवेश गरेको थियो । च्याम्पियन्स लिगको फाइनल आउने जुन २ ताखिमा बेलायतमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here