मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले मे २५ लाई विश्व फुटबल दिवसका रूपमा मनाउने संकल्प पारित गरेको छ ।

यो निर्णयसँगै अब समर्थकहरूले विश्वकै सबैभन्दा चर्चित र धेरै हेरिने खेललाई उत्सवका रूपमा मनाउन पाउनेछन् ।

फुटबलको आधिकारिक प्रतियोगिताको सुरुवात भएको दिनको अवसर पारेर फुटबल दिवस मनाउन लागिएको हो । सन् १९२४ मे २५ मा पेरिसमा सम्पन्न ग्रीष्मकालीन ओलम्पिक खेलका क्रममा सबै क्षेत्रको प्रतिनिधित्वसहित इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here