कोशी प्रदेशका मुख्यमन्त्री कार्कीविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश नदिइएको बताइएको छ ।

उनी विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको हो । कार्कीले मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्री बन्न अन्तरिम आदेश माग गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here