सगरमाथा चुचुरोसम्म बन्यो नयाँ सिजनको बाटो, १० आइसफल डाक्टर चुचुरोमा

काठमाडौं । सगरमाथा चुचुरोसम्म बाटो बनाउने र डोरी टाँग्ने काम सम्पन्न भएको छ । पर्यटन विभागका अनुसार आइसफल डाक्टर र सहयोगीको टोली २८ वैशाश शुक्रबारको दिन राती ८ बजेर १५ मिनेट जाँदा चुचुरोसम्म पुगेका छन् । टोलीमा १० जना सहभागी थिए ।

शुक्रबार बिहान ५ बजेबाट सगरमाथाको चौथो शिविरबाट बाटो बनाउन थालिएको थियो । चुचुरोसम्म डोरी टाँगने तथा बाटो बनाउने काम सम्पन्न भएसँगै अब आरोहीका लागि सगरमाथा चुचुरो चुम्ने बाटो खुला भएको छ ।

यस पटक सेभेन समिट प्रालिले बाटो बनाउने कामको जिम्मेवारी पाएको थियो । यस टोलीको प्रमुख दोलखाका डेन्डी शेर्पा थिए । उनको साथमा सोलुखुम्बुका तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा रिन्जे शेर्पा, दावा शेर्पा, पाम दोर्जि शेर्पा, सुक बहादुर तामाङ, नामग्याल दोर्जे तामाङ र लाक्जा रिन्जी शेर्पाले सफल आरोहण समेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here