कान्स चलचित्र महोत्सवमा भाग लिन मेयर बालेन फ्रान्स प्रस्थान

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन लागेका हुन् । महोत्सव तीन दिनसम्म आयोजना हुने छ ।

नगर प्रमुख साह महोत्सवको रेडकार्पेट, प्रिमियर र त्यहाँको अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकनमा सहभागी हुने कार्यक्रम तय भएको छ । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र साँस्कृतिक सङ्गठन (युनेस्को) ले नेपालको राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ का रूपमा गत कात्तिकमा सूचीकृत गरिसकेको छ । फ्रान्सको कान्स सहर पनि फिल्मको ‘क्रिएटिभ सिटी’ को एक सदस्य हो ।

कान्स नगरका नगर प्रमुख लिसनार्डले बालेनलाई पठाएको निम्तो पत्रमा यस चलचित्र महोत्सवले फिल्मको दुई रचनात्मक सहर काठमाडौँ र कान्सलाई एक ठाउँमा ल्याउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

मे १४ देखि २५ सम्म आयोजना हुने यस चलचित्र महोत्सवमा नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड र नेपाली भाषाको फिल्म ‘तारा ः अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएको जनाइएको छ । उक्त महोत्सवमा नेपालबाट कुनै चलचित्र छनोट भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here