ओपो ए सिरिज २०२० फोन सार्वजनिक, यस्ता छन् विशेषता

असोज ६,काठमाडौं । ओपोको ए सिरिज २०२० नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रमबीच ए सिरिज २०२० अन्तर्गत आपो एनाइन २०२० र एफाइभ २०२० सार्वजनिक गरिएको हो ।

मध्यम वर्गका प्रयोगकर्तालाई लक्षित गरि ल्याइएको यो फोन युवाहरुको रोजाइ बन्न सक्ने ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले बताए । गुणस्तरीय यी फोनमा उत्कृष्ट फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीलगायत विशेषता छन् ।

नयाँ दशकको शुरुवातको महोत्सवका रुपमा यी दूई ह्याण्डसेटलाई ओपो ए सिरिज २०२० नाम दिएको कम्पनीले जानकारी दिएको हो । ‘पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो’ उनले भने नयाँ नामले आउने दशकका लागि ओपोको भिजनको प्रतिनिधित्व गर्ने उनी बताउँछन् ।

ओपो ए सिरिज २०२०मा रहेको बहुउपयोगी ४८ एमपी क्वाड क्यामेराबाट जिवन्त फोटो खिच्न मदत गर्छ । साथै ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले लामो समयसम्मको निरन्तर प्रयोगका लागि सघाउँछ ।

ओपो एनाइन २०२० मा बहुउपयोगी क्वाड क्यामेरा सेटअप, ४८एमपी मुख्य क्यामेरा, ८एमपी अल्ट्रा(वाइड लेन्स, २एमपी मोनो लेन्स, २ एमपी पोट्रेट लेन्स उपलब्ध गरिएको छ । त्यसैगरी, ओपो एफाइभ २०२०मा पनि कम्पनीले बहुउपयोगी क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने, १२ एमपी मुख्य क्यामेरा जडान गरिएको छ ।

यिनले प्रयोगकर्ताका हरेक शुटिङ एंगल्स तथा सिनेरियोको आवश्यकता अल्ट्रा नाइट मोड २.० र आर्टिस्टिक पोट्रेट स्टाइल्सको समग्र विकल्पका माध्यमबाट समाधान उपलब्ध गराउँछ ।

एनाइन २०२० मा रहेको ४८ एमपी प्रमुख लेन्सले उच्च रेजोल्यूशनका साथमा गुणस्तरिय तस्विर लिन सघाउँछ ।

यसमा रहेको मोनो लेन्स र पाट्रेट लेन्सले प्रयोगकर्तालाई पोटे«ट शट्समा रेट्रो, ग्रेनी र एट्मोस्फेरिक फिल्टर्सलगायतको प्रयोग गर्ने सुविधा मार्फत पृथक तस्विर खिच्ने सुविधा दिन्छ ।

एनाइन २०२०मा १६एमपी सेल्फी क्योमरा उपलब्ध छ र एफाइभ २०२०मा ८एमपी सेल्फी क्यामेरा । दुबै क्यामरामा टेलर मेड सेल्फीका लागि एआई ब्यूटिफिकेशन प्रविधि दिएको छ । यसले फरक फरक बजारमा रहेका फरक फरक ब्यूटी ट्रेण्डका लागि समाधान उपलब्ध गराउँछ ।

कम्पनीले ब्यूल्ट(इन गायरोस्कोप सहित दूबै ह्याण्डसेटका लागि नयाँ स्टेबलाइजेसन प्रविधि उपलब्ध गराएको छ । यसले दौडिँदा, हिँड्दा, साइक्लिङ लगायत कार्य गरिरहँदा स्थिर भिडियो खिच्न सहजता प्रदान गर्छ । साथै, छोटा भिडियो क्लिपको यो जमानामा सहजताका साथ बटन क्लिक गरेकै भरमा आकर्षक कन्टेन्ट निर्माणमा सघाउने सोचका साथ यसमा सुधारिएका भिडियो फिल्टर्सपनि उपलब्ध गरिएका छन् ।

अझ भाइब्रेण्ट आकर्षक लुक्सका लागि ओपो एनाइन २०२०मा थ्रीडी ग्राडियण्ट डिजाइनको प्रयोग गरिएको छ । यसको निर्माणमा ४ कभ्र्ड थ्रीडी शिट्सको प्रयोग गरिएको छ । यसले गर्दा फोन पातलो देखिनुका साथै हातमा समाउँदा आरामदायी ग्रिपपनि प्रदान गर्छ ।

१९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा उपलब्ध गरिएको छ । यसमा रहेको ब्याट्रीले रिभर्स चार्जिङ समेत सपोर्ट गर्छ ।
अडियोका लागि ओपो ए सिरिज २०२० मा उच्च भोल्यूम र सुदृढ आवाजको गुणस्तर सहित डुअल स्पिकर जडान गरिएका छन् । उत्कृष्ट आवाजको गुणस्तर, रोमाञ्चक गेमिङ अनुभवलगायत लागि फोनमा डल्बी एट्मस साउण्ड ईफेक्टको प्रयोग गरिएको छ ।

ओपो ए सिरिज २०२०मा शक्तिशाली कार्यक्षमताका लागि ८ कोर ६४ बिट प्रोसेसरका साथमा क्वालकम स्न्यापड्रागन ६६५ प्ल्याटफर्म दिइएको छ ।

८ जीबी ¥याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य रु. ३५ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

त्यस्तै मूल्य रु. २७ हजार ९ सय ९० निर्धारण गरिएको ओपो एफाइभ २०२०, मिरर ब्ल्याक र ड्याजलिङ ह्वाइट रंगमा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here