सन्दीप लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । न्यायाधीसद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । आजै बहस सकेर फैसला गर्ने तयारी रहे पनि न्यायाधीसद्वयले मुद्दालाई हेर्दाहेर्दैमा राखेका हुन् ।

क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here