टी-२० वरियताको शीर्ष १० मा उक्लिए दिपेन्द्र सिंह ऐरी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउण्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्। यसअघि उनी ११औं स्थानमा थिए । अलराउन्डरको वरीयताको शीर्ष स्थानमा बंगलादेशका शकिब अल हशन छन्।

अलराउण्डरको वरीयतामा नेपालका कुशल मल्ल ३२औं, गुल्सन झा ६०औं स्थानमा रहँदा रोहित पौडेल ६५औं र करण केसी ७४औं स्थानमा रहेका छन्। ब्याटिङतर्फ दीपेन्द्र ५०औं, रोहित ६१औं र आसिफ शेख ८७ औं स्थानमा छन् । बलिङतर्फ सोमपाल कामी ९२औं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here