कान्सको रेडकार्पेटमा यस्तो देखिइन् ऐश्वर्या (फोटोफिचर)

काठमाडौं । बलिउड अभिनेत्री ऐश्वर्या राय यतिखेर फ्रान्समा छिन्। बिहीबार राति भएको कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा ऐश्वर्या आकर्षक रूपमा प्रस्तुत भइन्। ऐश्वर्या रायले विश्वको ध्यान पुनः आफ्नो सौन्दर्यतर्फ केन्द्रित गरेकी छन् ।

हलिउडका महान् फ्रान्सिस फोर्ड कोप्पला निर्देशित साइन्स फिक्सन फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि ऐश्वर्या रेडकार्पेटमा सहभागी थिइन् । सुनौलो ढाँचाले सजिएको कालो गाउनमा उनले सौन्दर्यको जादू कान्सको रातो गलैंचामा छरिन् ।

ऐश्वर्या फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरका लागि रेडकार्पेटमा सहभागी भएकी थिइन्। उनले कालो र सुनौलो गाउन लगाएकी थिइन्। कान्सको रेडकार्पेटमा ऐश्वर्या पहिलोपटक कालो गाउनमा देखिइन्। उनले पहिलोपटक २००२ मा कान्स फिल्म फेस्टिभलमा भाग लिएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here