काठमाडौं । ताप्लेजुङमा सञ्चालित महिला हाफ म्याराथन प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लवकी सुनसरी रोकायाले जितेकी छन्।
उनले निर्धारित दूरी ३ घण्टा ४४ मिनेट ५२ सेकेण्डमा पूरा गरिन्। दोस्रो भएकी फुङलिङकी कुमारी गुरुङ ४ घण्टा २२ मिनेट ५३ सेकेण्ड, तेस्रो भएकी बिनिता तामाङले ४ घण्टा २७ मिनेट ४९ सेकेण्डमा उक्त दूरी पार गरिन्।
प्रतियोगिताका विजेताले ८१ हजार १११ रुपैयाँ, उपविजेताले ५१ हजार १११ रुपैयाँ र तृतीय हुनेले ३१ हजार १११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन्।