राति यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । सोमबार राति पनि देशका सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ/हावाहुरीसहित वर्षा हुने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति दुइटा प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ।

राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यस क्रममा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here