मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद नपरे सो शेयर अन्य व्यक्ति तथा संघसंस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here