बच्चाको व्यवहार नकारात्मक हुनुमा घरको वातावरण जिम्मेवार

काठमाडौं । कनैपनि बच्चाको शारीरिक र मानसिक विकासमा परिवारमा प्रयोग हुने शब्द र परिवारका सदस्यहरुको भुमिका महत्वपुर्ण हुन्छ ।

परिवारमा आमा बुबाबाट प्रयोग हुने भाषा र उनीहरुको एक अर्कामा गर्ने व्यवहारबाट बच्चामा गहिरो प्रभाव पर्छ ।

परिवारमा आमा बुबाको सम्बन्ध कस्तो छ र उनीहरुले कुन स्थरको भाषा प्रयोग गरिरहेका छन् यसको प्रभाव बच्चामा मानसिक रुपमा पर्छ ।

यस्ता व्यवहारले बच्चामा नकारात्मक प्रभाव पर्छ

अभिभावकहरु एकअर्काको सम्मान गर्दैनन् र बच्चाको अगाडी नै झगडा गर्न सुरु गर्छन् भने यसले बच्चामा नराम्रो प्रभाव पार्छ ।

झगडा गर्दा प्राय अपशब्द नै प्रयोग हुने गर्छ । आमा बुबामा एक अर्काको परिवारको विषयमा नराम्रा शब्द प्रयोग गरिन्छ । यसले पनि बच्चामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ ।

कस्तो असर पर्छ बच्चामा

बच्चाले दिनरात आमा बुबाको यस्तो व्यवहार देख्दा उसमा धेरै मात्रामा रिस बढ्छ र बच्चा आक्रमक बन्छ । बच्चा ठुलो स्वरमा कुरा गर्ने व्यवहारको हुन्छ ।

बच्चाको पढाईमा पनि कुनै ध्यान जाँदैन् । विस्तारै विस्तारै उसको नम्बर पनि कम हुँदै जान्छ । घरमा यस्तै वातावरण भईराख्दा उसमा पढ्ने इच्छा पनि कम हुँदै जान्छ जसको कारण विभिन्न प्रकारका कुलतमा फस्ने सम्भावना धेरै हुन्छ ।

यस्तो अवस्थामा बच्चाहरुमा साना साना कुराहरुले पनि गहिरो प्रभाव पार्न सुरु गर्छ जसको कारण उनीहरु डिप्रेसनमा समेत जान सक्छन् ।

कस्तो व्यवहार गर्ने बच्चासँग

सबैभन्दा महत्पुर्ण कुरा अभिभावकले एक अर्काको सम्मान गर्नुपर्छ । घरमा सान्त वातावरणको निमार्ण गर्नुपर्दछ ।

कुनै समयमा भएको वादविवाद र झगडालाई सकेसम्म बच्चाबाट टाढा राख्नुपर्छ । आमा वा बुबाले आफ्नो झगडाको बारेमा बच्चालाई भनेर उनीहरुबाट सहानुभुति लिनु हुँदैन् ।

बच्चा नराम्रो बाटोमा लागेको नलागेको यो कुरामा विशेष ध्यान दिनुपर्छ । यस्तो भएमा उसलाई सम्झाउने बुझाउने गर्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here