सुनसरी भन्सार कार्यालयले राख्यो १९० सवारी साधन लिलामीमा

काठमाडौं। सुनसरी भन्सार कार्यालयले १ सय ९० वटा सवारी साधन लिलामीमा राखेको छ। बुधबार एक सूचना जारी गर्दै ती सवारीसाधन लिलामीमा राखेको हो ।

कार्यालयले चोरी निकासी गरिएका र भन्सार पास नभएका कारण लिलामीमा राखिएका सवारी साधनमा मोटरसाइकल धेरै छन्। टीभीएस, हिरो, होन्डा, यामाहा, बजाज लगायत १०४ वटा मोटरसाइकल लिलामीमा राखेको जानकारी दिएको छ ।

लिलामीमा राखिएका साधन किन्न चाहनेहरुले आजको मितीबाट २१ दिनको समयसीमा तोकिएको छ।