कांग्रेसले सडक आन्दोलन गर्ने, शुक्रबार भृकुटीमण्डपमा बृहत् सभा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित सडक आन्दोलन गर्ने भएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

सहकारी प्रकरणमा ससदिय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पिडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

सरकारको अलोकतान्त्रिक संस्कारविरुद्ध कांग्रेस नेताहरू अब सडकमा आन्दोलन गर्न लागेको उनले बताइन्। ‘अब कांग्रेस नेताहरू सडकमा उत्रिन लागेका छौं। हामीले संसदमात्र होइन, सडकबाट पनि आन्दोलनको थालनी गर्न लागेका हौं। संसदीय छानबिन समिति नबनेसम्म, सहकारी पीडितले न्याय नपाएसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’ सञ्चारकर्मीसँग उनले भनिन्।

पहिलो चरणमा यहि शुक्रबार काठमाडौको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन।

सहकारी प्रकरण प्रभावित सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनीति कांग्रेस बनाएको संग्रौलाले भनिन्, ‘शुक्रबारदेखि काठमाडौंबाट आन्दोलन घोषणा भएको छ । आन्दोलन देशव्यापी जान्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here