क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिका पठाउन क्यानले थाल्यो पहल

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगाउतले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

शाहीले लेखेका छन्, ‘बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय प्रधानमन्त्री कार्यालय ,गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ ! आशा छ विश्वकप खेल्ने बाटो खुल्ने छ ? नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here