९० बर्षमा अन्तरिक्षमा पुगे एड ड्वाइट

काठमाडौं । अन्तरिक्षमा जाने सबैभन्दा वृद्ध व्यक्ति बने ९० वर्षीय एड ड्वाइट । उनले अन्तरिक्षमा जाने आफ्नो महत्वाकांक्षा पूरा गर्न ६० वर्षभन्दा बढी समय पर्खनुपऱ्यो।

सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उनलाई पहिलो अश्वेत अन्तरिक्षयात्रीको उम्मेदवारका रुपमा चयन गरेका थिए । तर नासाले उनलाई कुनै मिसनका लागि छनोट गरेन र उनले अन्तरिक्षमा जाने मौका पनि पाएका थिएनन् ।

आइतबार ९० वर्षीय उनी अन्तरिक्षमा जाने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । ब्लु ओरिजिन अन्तरिक्षयानले प्यारासुट भन्दा पहिले छ जना चालक दललाई अन्तरिक्षको किनारामा परर्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here