फुञ्जो लामाले बनाइन् कम समयमै सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान

काठमाडौं । आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टा भन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेकी छिन् ।

बुधबार अपरान्ह ३ बजेर ५२ मिनेट जाँदा आरोहण सुरु गरेकी गोरखाकी फुञ्जोले बिहिबार बिहान ६ बजेर २३ मिनेटमा सफल आरोहण गरेकी छन्। यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाएकी थिइन् ।

पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोडेकी हुन् । दोलखाका पेम्बादोर्जे शेर्पाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here