मैदानमा पानीका बोतल फ्याँक्ने दर्शकलाई १४ हजार डलर जरिवाना

एजेन्सी । दक्षिण कोरियाली फुटबल क्लब इन्चियोन युनाइटेडले हार सहन नसकेर मैदानमा पानीको बोतल फ्याँकेका १२४ जना दर्शकलाई आगामी घरेलु खेलमा उपस्थित हुन प्रतिबन्ध लगाएको छ। कोरिया प्रोफेशनल फुटबल लिगले पछि इन्चेनलाई २० मिलियन वन (१४,६६० डलर) जरिवाना लगाएको छ र टोलीलाई पाँच घरेलु खेलका लागि आफ्ना समर्थकहरूको प्रवेश बन्द गर्न आदेश दिएको छ। तर, उनीहरूले सय घण्टा स्वयं सेवकको काम गरेमा उनीहरूलाई क्षमा दिन पनि सकिने क्लबले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here