नेपालमा देखियो कोरोनाको सब-भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’

काठमाडौं । नेपालमा कारोना भाइरसको ओमिक्रोन भेरिएन्टको नयाँ सब भेरिएन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

हालसम्म केपी.१ र केपी.२ बढी सङ्क्रामक भएको वा मृत्यु गराएको प्रमाण फेला नपरेकाले आत्तिनुभन्दा पनि सावधानी अपनाउन आग्रह गरिएको छ ।।

ओमिक्रोनको यो सब भेरिएन्ट हालसम्म मभारत, सिङ्गापुर, अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here