१० महिनामा २१ अर्ब आठ करोड बढीको बिजुली गाडी भित्रियो, कुन महिनामा कति ?

काठमाडौं । आर्थिक बर्ष २०८०/८१ मा नेपालमा २१अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको बिजुली गाडी भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । सो अवको १० महिना भित्रिएको इभीबाट सरकारले ९ अर्ब ३६ करोड भन्दा बढी राजस्व प्राप्त गरेको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार १० महिनाको अवधिमा सो मूल्य बराबरको कुल आठ हजार ४९७ गाडी भित्रिएका हुन् ।

कुन महिनामा कति आए ईभी

१० महिनाको अवधिमा पुसमा सबैभन्दा बढी १४२१ बिजुली गाडी आयात भएको थियो । त्यस्तै बैशाखमा १४०४ असोजमा १२ सय २७ ओटा इभि भित्रिएका तथ्यांकले देखाएको छ ।

बिजुली गाडीको आयात निरन्तर रुपमा उकालो लाग्दा सरकारले अर्धवार्षिक समीक्षा मार्फत कर बढाउने हल्ला चल्दा फागुनमा घटेको थियो ।

फागुनमा नेपालमा २७६ ओटा बिजुली गाडीमात्रै भित्रिएका थिए । तर करमा कुनै फेरबदल नभएपछि फेरी यसको आयातमा बृद्धि भएको देखिन्छ ।

साउन : ११०

भदौ : ७८८

असोज: १,२३७

कात्तिक:६५२

मंसिर:८९९

पुस:१,४२१

माघ: १,०५२

फागुन: २७६

चैत: ६५८

वैशाख: १४०४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here