आईपीएलको उपाधिमा कोलकाताको ह्याट्रिक

एजेन्सी । सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको २०२४ को उपाधि कोलकाता नाइटराइडर्सले जितेको छ ।

चेपौक स्टेडियम, चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले दिएको ११४ रनको झिनो लक्ष्य कोलकाताले १०.३ ओभरमै पुरा गर्दै उपाधि हात पारेको हो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

सत्रौँ संस्करणको उपाधि जितेसँगै कोलकाताले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघि कोलकाताले सन् २०१२ र सन् २०१२ मा उपाधि जितेको हो । यसपालि फाइनलमा सनराइजर्स हैदराबादलाई सहजै ८ विकेटले पराजित गर्दै कोलकाताले तेस्रो उपाधि जित्न सफल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here