टी-२० विश्वकप : नेपालले आज क्यानडासँग ‘वार्म अफ’ खेल्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपका लागि अमेरिकामा रहेको नेपालले आज क्यानडासँग अभ्यास खेल खेल्दैछ।

आजदेखि नेपालले टी-२० विश्वकप खेल्ने देशसँगै अभ्यास खेल खेल्न लागेको हो।टेक्ससको ग्रान्ड प्रेइरी स्टेडियममा नेपाली समयअनुसार आइतबार राति सवा ९ बजे खेल सुरू हुनेछ।

क्यानडासँग खेलेपछि नेपालले बिहीबार अमेरिकासँग खेल्नेछ। वेस्ट इण्डिजको सेन्ट भिसेन्टमा अभ्यास खेल खेलेर जेठ ७ गते अमेरिका गएको नेपाली टोलीले त्यहाँ ह्युस्टन हुरिकेनसँग दुईवटा अभ्यास खेल खेलेको थियो। दुवै खेलमा नेपाल विजयी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here