ललितपुरमा कोरियाली फिल्म फेस्टिभल हुँदै, चर्चित चार फिल्म प्रदर्शन हुने

काठमाडौं, ८ असोज । ललितपुरको पुल्चोकस्थित लबिम मलमा दक्षिण फिल्म फेस्टिभल आयोजना हुँदै छ ।

आगामी शुक्रबार र सनिबार चल्ने सो फेस्टिभलमा चर्चित चार कोरियाली चलचित्र प्रदर्शन हुने काठमाडौंस्थित दक्षिण कोरियाली दूताबासले जानकारी दिएको छ । दुई मुलुकबीचको जनस्तरमा सम्बन्ध बढाउन सो कार्यक्रम आयोजना गरिएको उसको भनाइ छ ।

सो फेस्टिभलमा लिटल फोरेस्ट, असासिनेशन, टनेल र डिटेक्टिभ के प्रदर्शन हुने छन् । ति चलचित्र हेर्नका लागि दर्शकले कुनै शुल्क तिर्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here