एलन मस्कको ‘एक्स एआई’ले नयाँ फण्डिङ राउण्डमै जुटायो ६ अर्ब डलर

काठमाडौं । एलन मस्कको एक्स एआई(xAI) ले फण्डिङ राउण्डमै ६ अर्ब डलर भन्दा बढी रकम उठाएको छ । पुराना प्रतिस्पर्धीलाई चुनौती दिन स्थापना गर्न लागेको आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअपले यसबारे घोषणा गरेको छ ।

अरबपति मालिक मस्कको महत्वाकांक्षालाई बढावा दिँदै च्याटजीपीटी निर्माता ओपनएआई र गुगल र एन्थ्रोपिक जस्ता अन्य कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको बताइएको छ ।

एक ब्लग पोस्टका अनुसार एक्सएआईले आन्द्रेसेन होरोविट्ज, सिकोइया क्यापिटल, साउदी उद्यमी प्रिन्स अलवालिद बिन तलाल, फिडेलिटी म्यानेजमेन्ट एण्ड रिसर्च कम्पनी र अन्यलाई सिरीज बी फन्डिङमा भाग लिने लगानीकर्ताको रूपमा उल्लेख गरिएको छ । मस्कले एक्सएआईको प्रि–मनी भ्यालुएसन १८ अर्ब डलर रहेको दाबी गरेका छन् ।

मस्कले ब्लग पोस्टमा भनेका छन् कि कम्पनीले ‘धेरै रोमाञ्चक टेक्नोलोजी अपडेटहरू र उत्पादनहरू चाँडै ल्याउनेछ’। साथै आगामी हप्ताहरूमा थप घोषणा समेत गरिने छ। पछिल्लो चरणमा उठेको रकम एक्सएआईको पहिलो उत्पादनलाई बजारमा लैजान, उन्नत पूर्वाधार निर्माण गर्न र भविष्यका प्रविधिहरूको अनुसन्धान र विकासलाई गति दिन प्रयोग गरिने स्टार्टअपले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here