विश्वकप क्रिकेट हेर्न अमेरिका उडे क्यान पदाधिकारी, सन्दीपको प्रक्रिया अन्यौंलमै

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । मंगलबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन् ।

अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन् । उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन् भने अमेरिका बसाईको खर्च पनि आइसीसीले नै व्यहोर्ने गर्छ ।

सचिवसहित अन्य केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा छन् । सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रकृया अन्यौंलमा छ ।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उनको भिसा रिजेक्ट गरेको थियो ।

यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको अनुमान गर्न थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here