कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतीय सीमा छेउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई काठमाडौं ल्याइदै छ । पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष समेत हुन । उनी विरुद्ध कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here