तराईमा तातो हावाको चेतावनी, शनिबार र आइतबार सर्तक रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईमा तातो हावा अर्थात ‘लु’को चेतावनी दिएको छ । महाशाखाले यो सहित यस वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी हो ।

शनिबार र भोलि आइतबार सबैभन्दा बढी लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रका जिल्ला नै तातो हावाबाट प्रभावित हुने महाशाखाले जानकारी दिएको छ ।

केहि दिन यता तराईका जिल्लाहरुमा ताफक्रम बढ्दा जनजिवन प्रभावित भएको छ। तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम मापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here