सिक्किम आइपुग्यो मनसुन, नेपाल आउन कति समय लाग्ला ?

फाइल तस्वीर

काठमाडौं । उच्च तापमानका कारण देशैभर जनजीवन प्रभावित भएका बेला खुसीका खबर आएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको जनाएको छ । विभागले आज मध्याह्न ‘मनसुन आगमन अनुगमन बुलेटिन’ प्रकाशन गर्दै नेपालको पूर्वी भूभागमा मनसुन भित्रिन भने अझै केही दिन लाग्ने बताएको छ ।

नेपालको पूर्वी भूभागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ रहेको समेत बताइएको छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमितरुपमा अद्यावधिक गरिने विभागको उक्त सूचनामा जनाइएको छ । नेपालको तराई भेगमा तापमान ४० डिग्रि भन्दा माथि पुग्दा जनजीवन नराम्रोसँग प्रभावित बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here