सिक्किम आइपुग्यो मनसुनी प्रणाली, नेपाल भित्रिने कहिले ?

काठमाडौं । यस वर्षको मनसुन सुरु हुन अझै केही दिन लाग्ने भएको छ । बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ सिक्किम आइपुगेको र ‘केही दिन’भित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो। महाशाखाले शनिबार (जुन १ तारिख) सूचना जारी गर्दै भनेको छ- ‘नेपालको पूर्वी भूभागमा मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ।’

मनसुनी प्रणाली नेपाल भित्रिने औसत मिति जुन १३ हो । तर, यो औसत मिति मात्र हो । योभन्दा अगाडि वा पछाडि पनि मनसुन नेपाल भित्रिनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here