रियाल मड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । फाइनलमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध २–० को जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रंगशालामा भएको फाइनलमा रियाललाई जित दिलाउन ड्यानी कार्भाहाल र भिनिसियस जुनियरले गोल गरे ।

च्याम्पियन्स लिगमा कार्भाहालले सन् २०१५ पछि च्याम्पियन्स लिगमा गोल गरेका हुन् । रियलको यो कीर्तिमानी १५ औं च्याम्पियन्स लिग उपाधि हो ।

डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ । पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here