गगनलाई मनीष झाको जवाफ ‘कक्षा-५ को किताब पढेर एसईई पास हुँदैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापालाई राजनीतिमा क्रेडिट र कपीराइट दल वा व्यक्तिविशेषको नहुने जवाफ दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले भने, ‘कक्षा–५ को किताब पढेर एसईई पास हुँदैन ।

व्यवस्था परिवर्तन भयो, अवस्था अलेलि परिवर्तन भयो । सबै परिवर्तन मैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न,’ भने, ‘राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट ।’ आफ्नो दल राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको भन्दै उनले भने, ‘केही दल दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ । आज पनि देखियो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here