पर्यटक आगमन उत्साहजनक, एक महिनामा भित्रिए ९० हजार

काठमाडौं । नेपाल भ्रमणमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । नेपाल पर्यटन बोर्डले तथ्यांक अनुसार सन् २०२४ को मे ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन् ।

मे महिनामा गत वर्ष सन् २०२३ को मे महिनामा ७७ हजार ७ सय ३ जना पर्यटक भित्रिएका थिए । गत वर्षको तुलनामा समीक्षा अवधिमा १५.१६ प्रतिशतले पर्यटन आगमन बढेको छ ।

नेपाल आउने पर्यटकमध्ये भारतीय पहिलो स्थानमा छन् । मे २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन् । दोस्रो स्थानमा चिनियाँ छन् । मेमा ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको आँकडा छ । अमेरिकाबाट ८ हजार ५ सय २७ नेपाल आएका छन् । बेलायतबाट २ हजार ८ सय २ जना नेपाल आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here