युवाहरुको रोजाइमा परेको ‘ओरा औंठी’, फेसन कि आस्था ?

काठमाडौं । औंलाको शोभा मात्र होइन औंठी फेसन, संस्कृति र आस्था पनि हो । औंठी नै यस्तो आभूषण हो, जो विश्वव्यापी छ ।

नयाँ-नयाँ फेसन ट्रेन्ड पछ्याउनेहरु हुन् वा परम्परागत आस्थामा बाँधिएकाहरु नै, औंठी लगाउने गर्छन् । अझ महत्वपूर्ण त औंठीसँग जोडिएको संस्कृति हो ।

खासगरी वैवाहिक सम्बन्धलाई पक्कापक्की गर्न औंठी लगाउने गरिन्छ । त्यसमा पनि युवाहरुको रोजाइमा परेको ओरा औंठी । त्यसको बारेमा सुन्नु त भएको होला, यदी सुन्नु भएको छैन भने हामी यहाँ सो बारे चर्चा गर्ने छौं , किनकी प्रविधिको यो उपलब्धिबाट तपाँई अलिकति टाढा हुनुभएको छ ।

सन् २०१५ मा सार्वजनिक भएदेखि नै यो सानो तर उत्कृष्ट स्वास्थ्य र निद्रा ट्र्याकिङ उपकरण विशेषगरी फिटनेसमा ध्यान दिने तथा फेसनेवल सेलिब्रेटीहरूको रोजाई बनेको छ ।

यो
रिङ टाइटेनियमबाट बनेको छ, जुन टिकाऊ, हल्का र पानी प्रतिरोधी हो। रिङभित्रका सेन्सरहरू मुटुको धड्कन, शरीरको तापक्रम, श्वासप्रश्वासको गति, र उच्च स्तरको संवेदनशीलता जस्ता जानकारी हरू समात्न डिजाइन गरिएको छ।

के गर्छ यसले

ओरा रिङले तपाईंको हार्ट रेट, शरीरको तापमान, र सुत्ने अवधि अर्थात स्लीप ड्युरेसन मापन गर्छ । यसले तपाँईको शरिरको क्रोनोटाइप अर्थात निन्द्रा वा जागा रहनका लागि शरीरको प्राथमिकताको निर्धारण गर्छ ।

तपाईंको निद्रालाई असर गर्न सक्ने हार्मोनल कारकहरूमा अन्तर्दृष्टि दिन सक्छ, र ९सैद्धांतिक रूपमा० तपाईं बिरामी हुँदा तपाईंलाई सचेत गराउन सक्छ।

यसले प्रयोगकर्तालाई आफ्नो बारेमा धेरै डेटा दिने , निद्रा र स्वास्थ्यको क्षेत्रहरू निर्दिष्ट गर्न मद्दत गर्ने प्रयोगकर्ताहरु बताउँछन् । जसअनुसार आफ्नो जीवनशैलिलाई सुधार गर्न सक्छन् ।

कति पर्छ मूल्य

ओरा औंठीको मूल्य शैली र फिनिशको आधारमा फरक हुन्छ । यसको मूल्य न्यूनतम ३०० डलरबाटा शुरु हुन्छ ।

किन लगाउने

यदि तपाईं केवल आफ्नो निद्रा चक्र ट्र्याक गर्न र सुझावहरू प्राप्त गर्न चाहनुहुन्छ भने, एक निः शुल्क वा न्यूनतम मूल्य तिरेर डाउनलोड गर्न मिल्ने एपहरु प्रयोग गर्न सक्नुहुन्छ ।

तर शरिरको ताफक्रम देखि निन्द्रा तथा ब्लड प्रेसरबारे अपडेट भइरहन तथा स्टायलिस पनि देखिनका लागि ओरा राम्रो विकल्प हुन सक्छ। किनकी यो उपकरणले मुटुको धड्कन, शरीरको तापक्रम, रगतको अक्सिजन र अन्य २० भन्दा बढी बायोमेट्रिक्सका लागि सही रिडिङ प्रदान गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here