टी-२० विश्वकप : नामिबिया र ओमानको खेल सुपर ओभरमा

काठमाडौं । टी-२९ विश्वकप अन्तर्गत सोमबार बिहान भएको नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा गएको छ। निर्धारित २० ओभरमा खेल बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। तर नामिबियाले पनि २० ओभर खेल्दै १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको हो।

सुरुमा ब्याटिङ गरेको ओमानका लागि खालिद कैलले २९ बलको सामना गर्दै सर्वाधिक ३४ रन बनाए। जिशान मकसूद २२ रन जोड्दा अयान खान १५ रनमा आउट भए। शकील अहमदले ११ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here