टी–२० विश्वकप: सुपर ओभरमा नामिबियाको रोमाञ्चक जित

काठमाडौं । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। तर नामिबियाले पनि २० ओभर खेल्दै १०९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानको घातक बलिङका कारण ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here