तोलामा १ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फाइलफोटो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक हजारले घटेर १ लाख ४१ हजार कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख ४० हजार ३०० पुगेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here