निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । फिल्म निर्देशक तथा अभिनेता सुदर्शन थापा पक्राउ परेका छन् । मालीगाउँ प्रहरीले काठमाडौंको कमलपोखरी क्षेत्रबाट सोमबार दिउँसो उनलाई ‘प्रसाद-२’को विवादमा नियन्त्रणमा लिएको हो ।

गत असोजमा ‘प्रसाद-२’का निर्माता सुदर्शन बस्नेतले आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक थापाविरुद्ध बौद्ध प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको करिब ७ महिनापछि उनी पक्राउ परेका हुन् । उनी ‘प्रसाद-२’का निर्देशक हुन् ।

निर्देशक थापाले आफ्नो मन्जुरीबिना देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । थापासहित सम्पादक मिलन श्रेष्ठ र ओएसआर डिजिटलका सञ्चालक ओम अग्रहवालविरुद्ध पनि आपराधिक विश्वासघातको उजुरी परेको थियो । अग्रवललाई त्यसबेलै पक्राउ गरेर प्रहरीले हाजिरी जमानीमा छाडेको थियो । मिलन भने पक्राउ परेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here