गोदावरीका मेयरसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू विरुद्ध ५ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

अख्तियारले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको आरोपमा मुद्दा हालेको हो । अख्तियारले उनीहरू माथि १ अर्ब ४ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।

नदीजन्य पदार्थ सरकारी दररेटभन्दा कम कायम गरी ठेक्का दिएर राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा दाबी गरिएको छ।

राजश्व हिनामिनामा बिगो र बिगोको दोब्बर जरिवाना तथा भ्रष्टाचार निवारण ऐन अनुसार कैद पनि गर्न माग गरिएको छ। लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here