बढ्यो टी-२० विश्वकप क्रिकेटको पुरस्कार राशी, कति पाउँछन् विजेताले ?

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी नवौँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेट विजेता टोलीले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ । उपविजेतालाई १२ लाख २८ हजार अमेरिकी डलर प्रदान गरिने आइसीसीले जनाएको छ ।

सेमिफाइनलमा पुगेका बाँकी दुई टोलीले समान सात लाख ८७ हजार अमेरिकी डलर पाउनेछन् । क्वार्टरफाइनलमा पुगेका र सेमिफाइनलमा पराजित भएका चार टोलील समान तीन लाख ८२ हजार डलर पाउनेछन् ।

यस्तै सहभागी सबै टोलीले दुई लाख २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । यस अनुसार नेपालले प्रतियोगिताका कुनै खेल नजिते पनि कम्तीमा २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै, लिग चरणका खेलमा हरेक खेलको जितमा थप ३१ हजार १५४ डलर (४१ लाख १५ हजार रुपैयाँ) पाउने छन् ।

यदि नेपालले लिग चरणको एउटा खेल जितेमा कुल ३ करोड ३८ लाख रुपैयाँ, दुई खेल जितेमा २ करोड ७९ लाख रुपैयाँ, तीन खेल जितेमा ४ करोड २० लाख र सबै खेल जितेमा ४ करोड ६१ लाख रुपैयाँ पुरस्कार पाउने छ । यद्यपि, नेपालका प्रतिस्पर्धी सबै बलिया रहेका छन् ।

कसले कति पाउँछन् ?

जारी विश्वकपमा २० टोली बीच प्रतिस्पर्धा हुनेछ । आइसीसीका अनुसार विजेताले कम्तीमा २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ) जित्ने भएको छ ।

फाइनलमा पराजित हुने (उपविजेता) टोलीले १२ लाख ८० हजार डलर (१६ करोड ९० लाख रुपैयाँ) जित्नेछ । सेमिफाइनलमा हार्ने दुई टोलीले ७ लाख ७८ हजार डलर ( १० करोड २७ लाख रुपैयाँ) प्राप्त गर्नेछन् ।

त्यसैगरी, सुपर–८ मा पुग्ने टोलीले ३ लाख ८२ हजार डलर (५ करोड ४ लाख रुपैयाँ) प्राप्त गर्नेछन् भने वरियात क्रममा नवौं, दशौं, एघारौं र बाह्रौं स्थानमा रहनेले प्रत्येक टोलीले २ लाख ४७ हजार पाउने छन् ।

त्यस्तै, १३औंदेखि २०औं स्थानमा रहने सहभागी हरेक टोलीले २ लाख २५ हजार डलर (२ करोड ९७ लाख रुपैयाँ) पाउने छन् । सहभागी टिमले लिग चरणका हरेक खेल जित्दा अतिरिक्त ३१ हजार १५४ डलर पाउने छन् । प्रतियोगिताको कुल पुरस्कार राशी ११.२५ मिलियन डलर (१ अर्ब ४८ करोड रुपैयाँ) रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here