इण्टरनेटबाट यसरी हेर्नुहोस् नेपाल र नेदरल्यान्ड्सबीचको लाइभ

photo: CAN

काठमाडौं । आइसीसी टी–२० विश्वकप २०२४ मा आज नेपाल नेदरल्यान्ड्ससँग भिड्दैछ । खेल नेपाली समय अनुसार राति ९: १५ मा अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । टिभी नहुनेले वा इण्टरनेट बाट कसरी नेपालको खेल हेर्न सकिन्छ भन्ने आम चासो रहेको छ।

यसको लागि आइसीसी को आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभीमार्फत खेलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ । त्यसका लागि आइसीसीको आधिकारिक वेवसाइट icc-cricket.com लगिन गर्नुपर्ने हुन्छ। वेवसाइटमा गएपछि videos क्याटोगरीमा क्लिक गर्नुपर्ने हुन्छ। भिडियो क्याटोगरीमा लाइभ स्ट्रिम भइरहेका र हुन बाँकी खेल तालिकामा देख्न सकिन्छ।

भिडियो क्याटोगरीको दोस्रो नम्बरमा नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको तालिका दिइएको छ।

आधिकारिक एपबाट पनि नेपालको खेल लाइभ हेर्न सकिन्छ। त्यसका लागि तपाइँले बोक्नुभएको मोबाइलको एप स्टोरमा गएर ICC Men’s T20 World Cup सर्च गर्नुस्।

होमपेजमा जानुहोस् र त्यहाँ देखिएको नेक्स्टको बटनमा ट्याप गर्नुहोस् । एप खुलेपछि भिडियो क्याटोगरीमा जानुहोस् ।

अन्तिममा देखिने ‘साइन इन अर रजिस्टर’ (Sign in or Register) बटनमा ट्याप गर्नुहोस् । आवश्यक विवरण राखेर अकाउन्ट खोल्नुहोस् । त्यहाँ गएपछि वेवसाइटमा देखाए जसरी नै खेलहरूको तालिका देख्न सकिन्छ।

खेलको तालिकामा क्लिक गरेपछि ‘साइनअप’ गर्नुपर्ने हुन्छ। आइसीसीले जीमेल वा फेसबुकबाट साइनअप गर्ने सुविधा दिएको छ। साइनअप गरेपछि भिडियोसहितको स्ट्रिमिङ हेर्न सकिन्छ। साइनअप नगरेसम्म भिडियो स्ट्रिमिङ भने आउँदैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here