नेदरल्यान्ड्सविरुद्ध नेपाल १०६ रनमै अलआउट

DALLAS, TEXAS - JUNE 04: Paul van Meekeren of The Netherlands appeals during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

काठमाडौं । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले १०६ रनमै अलआउट भएको छ । खराव ब्याटिङबाट गुज्रिएको नेपालले नेदरल्यान्ड्सविरुद्ध १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको टेक्सासस्थित ड्यालसमा टस हारेर ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रनको योगफल खडा गरेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । भुर्तेल ७ रन तथा आसिफ शेख ४ रन बनाएर आउट भए ।

करन केसीले १७ तथा गुल्सन झाले १४ रनको योगदान दिए । अनिल शाहले १२ बलमा ११ रन जोडे । त्यस्तै कुशल मल्लले ९ बलमा ९ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले ३–३ विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले २–२ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here