भाजपाले पाएन बहुमत, गठबन्धनबिना सरकार नबन्ने

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा निर्वाचनमा बहुमत गुमाएको छ। ५४३ लोकसभा सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि २७३ सिट चाहिनेमा भाजपाले २४० सिटमा मात्रै विजय हासिल गरेको छ।

यद्यपि, भाजपा नेतृत्वको नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) ले भने २९२ स्थानमा विजय हासिल गरेको छ। एनडीए गठबन्धनले यस पटक चार सयभन्दा बढी स्थानमा जित हासिल गर्ने भन्दै प्रचार गरेको थियो।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको गठबन्धन ‘इन्डियन नेशनल डेभलपमेन्टल इन्कुल्सिभ अलायन्स’ (आईएनडीआईए) ले २०४ स्थानमा विजय हासिल गरेको छ।

यी गठबन्धन बाहेक एक्लै चुनाव लडेको तृणमूल कांग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ भने अन्य विभिन्न दल र स्वतन्त्र उम्मेदवारले समग्रमा ७० सिट जितेका छन्।

बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here