भक्तपुरको सल्लाघारीमा अन्तराष्ट्रिय फुडटिच मेला शुरु, चेम्बर अध्यक्ष श्रेष्ठले गरे उद्घाटन

काठमाडौं, ८ असोज । भक्तपुरको सल्लाघारी चौरमा बुधवारदेखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ ।

ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिए ।

फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताए ।

उनले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको दाबी गरे । यो मेलाले नेपाल लगायत विभिन्न मुलुकका विभिन्न क्षेत्रबाट आएका वस्तुको अन्तराष्ट्रिय व्यापारको बजारिकरण हुने बताए ।

वातावरण परिवर्तनको नेपालमा असर परेकाले मेलासँगै परेको वर्षाले अवलोकनका लागि सर्वसाधारणलाई गाहे हुने भएकोमा उनले आपत्ति जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here