विश्वकपको इतिहासमै युगान्डाको पहिलो जित

एजेन्सी । आईसीसी ट्वान्टी २० विश्वकपमा युगान्डाले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध तीन विकेटको जित निकालेको छ ।

बिहीबार बिहान भएको खेलमा पीएनजीले प्रस्तुत गरेको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाएर भेट्टायो । विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो ।

पीएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य युगान्डाले १८ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । जीतसँगै युगान्डा अंक तालिकाको तेस्रो स्थानमा छ । लगातार दुई खेलमा पराजित पिएनजी भने चौथो स्थानमा छ ।

पीएनजी यसअघि वेष्ट इण्डिजसँग ५ विकेटले पराजित भएको छ ।

विश्वकपको डेब्यु खेलमा युगान्डा अफगानिस्तानसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको थियो । अफगानिस्तानले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदा ५ रनमा युगान्डा अलआउट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here