१०० औं अन्तर्राष्ट्रिय खेल खेल्दै किरण

काठमाडौं। नेपाली फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूका लागि आज १०० औं खेल हुनेछ । योसँगै उनी नेपालका लागि सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । ३४ वर्षीय किरणले नेपालबाट सर्वाधिक खेल खेल्ने कल्पना नगरेको प्रतिक्रिया दिए ।

‘देशको प्रतिनिधित्व गर्दै सय खेल खेल्छु भनेर सोचेको थिइनँ । फर्ममा रहँदासम्म कति खेल्न सक्छु भनी यात्रा सुरु गरेको थिएँ,’ किरणले भने, ‘म अहिले टोलीसँग रमाइलो गरिरहेको छु ।’

किरणले २४ मे २००८ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here